पाेखरामा ‘कर्कले मामाको चौतारी’ को छायांकन सुरु

पाेखरा । श्यामशुक्ला फिल्म प्रोडक्सनको निर्माणमा बन्न लागेको सिरियल ‘कर्कले मामाको चौतारी’ को छायांकन फेरि सुरु भएको छ ।

छायांकनका क्रममै निर्देशक वासुदेव पोखरेलको देब्रे हात फ्याक्चर भएपछि रोकिएको छायांकन पोखरेलको स्वास्थ्य अवस्था सामान्य भएपछि पुनः सुरु गरिएको निर्माता घनश्याम लामिछानेले जानकारी दिनुभएकाे छ ।

‘कर्कले मामाको चौतारी’ मा प्रज्ञा जोशी, सुशील पोखरेल, लेखक तथा निर्देशक वासुदेव पोखरेल, तुलासा क्षेत्री, सामाजिक अभियान्ता कोबिदशरण उपाध्याय, प्रज्वल भित्रीकोटी, राज थापा, अबिराज, ममता अधिकारी, सरु शर्मा, दीपेश लामिछाने, राजकुमार गुरुङ, श्यामसुन्दर कार्की, नवराज लामिछाने, कपिल शर्मा, प्रेम क्षेत्री, प्रताप सापकोटा, धनबहादुर कार्की, लक्ष्मी घिमिरे, इच्छा घिमिरे, शिवबहादुर बराल लगायतको अभिनय रहनेछ ।

श्याम सुन्दर कार्की र अन्जली पोखरेलको सहनिर्देशनमा तयार हुने सिरियलमा सिद्धार्थ गौतम र गौसब गुरुङको छायांकन, अराज केशब र किशोर सुवेदीको संगीत रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button