साहित्यकार सरूभक्तलाई ‘मुक्तक सागर सम्मान’

पोखरा । साहित्यकार तथा प्राज्ञ सरूभक्तलाई ‘मुक्तक सागर सम्मान’ अर्पण गरिएको छ ।

मुक्तकको उत्थान र विकासमा क्रियाशील मुक्तक मन्च केन्द्रीय समिति पोखरा र मुक्तक सागर त्रैमासिक पत्रिकाले संयुक्तरुपमा पोखरामा शनिबार आयोजना गरेकाे कार्यक्रममा सरूभक्तलाई ‘मुक्तक सागर सम्मान’ अर्पण गरिएकाे हो । मुक्तक सागरका तर्फबाट पत्रिकाकी सम्पादक निशा केसीले उक्त सम्मान अर्पण गर्नुभएकाे हाे ।

सम्मानित स्रष्टा तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले मुक्तकसम्बन्धी विस्तृत विमर्श गर्ने समय आइसकेको उल्लेख गर्नुभएकाे छ । प्राज्ञ सरुभक्तले मुक्तकको उन्नयन र विकासमा मुक्तक सागर साहित्यिक त्रैमासिक पत्रिकाले निरन्तर खेलेको भूमिकाको समेत उक्त अवसरमा चर्चा गर्नुभएकाे थियाे ।

सो अवसरमा विम्व कवि रमेश श्रेष्ठले सम्मानित व्यक्तित्व सरुभक्तले मुक्तक र साहित्यिककाे क्षेत्रमा गर्नुभएकाे योगदानबारे प्रकाश पार्नुभएकाे थियाे । कार्यक्रममा पोखरा महानगर प्राज्ञ सरसस्वी श्रेष्ठ सरु र मञ्चका सल्लहाकार तथा साहित्यकार दीपक समिपले शुभकामना मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।

मुक्तक विमर्श तथा स्रष्टा सम्मान कार्यक्रममा अल्पविराम, वसन्त गौतम, ईश्वरमणी अधिकारी, भूमिराज बस्ताकोटी, दीपक समिप, रुपिन्द्र प्रभावी, शितल गिरी, कपिल शर्मा, गीता तिवारी, अम्बिका भण्डारी, कृष्ण सुबेदी, सरोज पौडेल, अमृता पोखरेल, शंकर ज्ञावली लगायत पोखरेली मुक्तककारले आफ्ना रोज्जा मुक्तक सुनाउनु भएकाे थियाे ।

कार्यक्रमको अध्यक्षता मुक्तक मञ्चका अध्यक्ष रामजीप्रसाद आचार्य र सम्पादक निशा केसी संयुक्त रुपमाले गर्नुभएकाे थियाे भने कार्यक्रमको संचालन संचारकर्मी प्रकाश अधिकारीले गर्नुभएकाे थियाे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button