‘प्रेमिका’काे अश्लील भिडियो खिचेर जवरजस्ती करणी गरेकाे आराेपमा युवक पक्राउ

पाेखरा न्यूज । प्रेमसम्बन्धमा रहेकी युवतीकाे अश्लील फोटो र भिडियो खिचेर पटक पटक देखाउँदै पुनः जवरजस्ती करणी गरेकाे आराेपमा बिरगंजमा प्रहरीले एक युवकलाई पक्राउ गरेकाे छ ।

बाराकाे कलैया उपमहानगरपालिका-२१ बस्ने ३८ वर्षीय जाहिर अन्सारीलाई वीरगंज महानगरपालिका-८ बाट बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हाे ।

उच्च शिक्षाको लागि वीरगंज आएकी १९ वर्षीया किशोरीलाई जाहिरले आफ्नो परिचय ढाँटी अविवाहित रहेको भन्दै झुक्यानमा पारी प्रेम सम्बन्ध गाँसेका थिए ।

उनले युवतीलाई विवाह गर्ने प्रलोभन समेत देखाई २ वर्षदेखि वीरगंजका विभिन्न स्थानमा पटकपटक करणी गरी अश्लील फोटो र भिडियो खिची गत असोज २७ गते उक्त फोटो र भिडियो देखाई डरत्रासमा पारेर पुन: जबरजस्ती करणी गरेका थिए ।  प्रहरीमा परेकाे साेही जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनी उपर जबरजस्ती करणी सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button