पर्वतमा तास खेलिरहेकाे अवस्थामा नगदसहित ८ जना पक्राउ

पाेखरा न्यूज ।  पर्वतकाे जलजला गाउँपालिका-३ मल्लाज माझफाट बस्ने कृष्ण बरुवालको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५० वर्षीय मोहन जिसी लगायत ८ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त घरमा जुवातास खेलिरहेको भन्ने खबर पाएपछि जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ८२ हजार ६ सय ९० रुपैयाँ र तास सहित पक्राउ गरेको जनाएकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button