७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कुँवर पक्राउ

पाेखरा न्यूज । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना ५५ वर्षीय पुरुषलाई प्रहरीले झापामा पक्राउ गरेकाे छ ।

झापाकाे मेचीनगर नगरपालिका-११ आरती टोल बस्ने ५५ वर्षीय देवी बहादुर कुँवरलाई आइतबार दिउँसो प्रहरीले साे अभियाेगमा पक्राउ गरेको हाे ।

ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर पाएपछि इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button