पोखरामा खातामा पैसा नभएको चेक दिने व्यक्ति पक्राउ

पोखरा न्यूज । कास्की प्रहरीले बैङ्किङ कसुर मुद्दामा एक जनालाई पक्राउ गरेको छ ।

पोखरा १३ घर भई ,पोखरा – १० बुद्ध चोक बस्ने शंकर गुरुङ बैङ्किङ कसुर मुद्दामा पक्राउ परेको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुवास हमालले जानकारी दिनुभयो ।

डिएसपी हमालका अनुसार गुरुङले खातामा पर्याप्त रकम नभएको अवस्थामा रु १३ लाख ८० हजारको चेक काटेर दिएका थिए ।

कार्तिक १८ गते पक्राउ परेका गुरुङलाई बैङ्किङ कसुर सम्बन्धी मुद्दामा उच्च अदालत पोखराबाट सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button