काेराेना संक्रमणबाट पाेखरामा २ सहित थप ३ जनाकाे मृत्यु

पाेखरा न्यूज । काेराेना भाइरसकाे संक्रमणबाट पाेखरामा २ जना र नवलपुरमा १ जना गरी थप ३ जनाकाे अस्पतालमा उपचारकाे क्रममा मृत्यु भएकाे छ ।

कास्कीकाे रुपा ६ का ७० वर्षीय पुरुषकाे बिहीबार पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पाेखरामा मृत्यु भएकाे छ ।

तनहुँकाे शुक्लागण्डकी ११ की ४२ वर्षीया महिलाकाे बुधबार मेडिप्लस अस्पताल पाेखरामा उपचारकाे क्रममा मृत्यु भएकाे छ ।

नवलपुरकाे देवचुली १४ की ६० वर्षीया महिलाकाे मंगलबार मध्यविन्दु अस्पताल नवलपुरमा उपचारकाे क्रममा निधन भएकाे छ ।

काेराेना संक्रमणका कारण गण्डकी प्रदेशमा मृत्यु हुनेकाे संख्या १ हजार ४०१ पुगेकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जानकारी दिएकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button