पाेखरामा खाेलामा डुबेर एमबिबिएस अध्ययनरत युवककाे मृत्यु

पाेखरा न्यूज । पाेखरामा फुस्रे खाेलामा पाैडी खेल्न जाँदा डुबेका एक युवककाे अस्पतालमा उपचारका क्रममा मृत्यु भएकाे छ ।

गण्डकी मेडिकल कलेज पाेखरामा एमबिबिएस अध्ययनरत भारतकाे राजस्थानका २२ वर्षीय युवक विश्वास पुनीकाे आइतबार मृत्यु भएकाे हाे ।

आइतबार अन्दाजी साढे ११ बजेको समयमा पोखरा महानगरपालिका-१७ पावरहाउस नजिक फुस्रे खोलामा पौडी खेल्न गएका उनी अचानक खाेलामा डुबेका थिए ।

नेपाल प्रहरीका अनुसार उनी खाेलामा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त पछि पुगेकाे प्रहरी टाेलीले  खोजी गर्ने क्रममा १० मिटर तल फेला पारी उद्धार गरी उपचारको लागी गण्डकी मेडिकल कलेजमा पठाएकाे थियाे ।

उनकाे उपचारको क्रममा मृत्यु भएको हाे । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button