मुस्ताङमा हिम पहिराे जाँदा शिक्षक र विद्यार्थी गरी ११ जना घाइते

पाेखरा न्यूज । मुस्ताङमा शनिबार आएकाे हिम पहिराेबाट जाेगिन भागदाैड हुँदा स्थानीय विद्यालयका शिक्षक र विद्यार्थी गरी ११ जना घाइते भएका छन् ।

आइतबार दिउसाे ११ः ५० बजेकाे समयमा मुस्ताङकाे थासाङ गाउँपालिका-२ बोक्सी खोलास्थित मानापाथी हिमालको हिउ पग्लेर हिम पहिरो आएकाे थियाे ।

हिमपहिराे आएकाे स्थान नजिक रहेका पाँच घरधुरीका मानिसहरुलाई सुरक्षित स्थानमा पठाइएको प्रहरीले जानकारी दिएकाे छ ।

साेही स्थानमा रहेको  जनआर्दश अम्मर सिंह माबिमा हिम पहिरोबाट जोगिन भागदौड हुँदा शिक्षक र विद्यार्थी गरी ११ जना सामान्य घाइते भएको  प्रहरीकाे भनाइ छ ।

घाइतेहरुको उपचार भइरहेको बताइएकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button