तनहुँमा काैडा खेलिरहेका ११ जना नगदसहित पक्राउ

पाेखरा न्यूज । जुवा तास खेलिरहेकाे अवस्थामा प्रहरीले ११ जनालाई १६ थान काैडा र नगदसहित तनहुँमा पक्राउ गरेकाे छ ।

मंगलबार दिउसाे अन्दाजी ०२:०० बजेको समयमा तनहुँकाे म्याग्दे गाउँपालिका-४ फलाम्दीबाट उनीहरुलाई ४५ हजार ३२० नगदसहित पक्राउ गरेकाे हाे ।

जुवा-तास खेलिरहेको भन्ने गोप्य सुचनाको आधारमा खटि गएको प्रहरी टोलीले कौडा खेलिरहेको अवस्थामा ११ जनालाई १६ थान कौडा र नगद ४५ हजार ३२० सहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button