पाेखरामा खाजाघरमा जुवा खेलिरहेका ८ जना नगदसहित पक्राउ

पाेखरा न्यूज । पाेखराकाे एउटा खाजाघरमा जुवतास खेलिरहेकाे अवस्थामा ८ जना व्यक्ति नगदसहित पक्राउ परेका छन् ।

मंगलबार बेलुका २०:०० बजेको समयमा कास्कीकाे पोखरा ४ कालिमाटीचोकस्थित राम कुमारी पराजुलीले संचालन गर्दै आएको मझेरी खाजा घरमा जुवातास खेली रहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

साे खाजघरमा जुवातास खेलिरहेकाे भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले तास खेलिरहेको अवस्थामा ८ जनालाई ३ बुक तास र नगद एक लाख चार हजार ३६० सहित पक्राउ गरी थप अनुसन्धान गरिरहेकाे जनाएकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button