|फाइल तस्वीर ।
पोखरा न्यूज । चीनले भुटानी भूमिमा एउटा बस्ती बसालेको छ । चीनको सैन्य विकासम्बन्धी एक विज्ञले सार्वजनिक गरेको स्याटलाइट तस्विरमा चीनले भारत र भुटानको सिमानजिकै १०० वर्ग किलो मिटर क्षेत्रमा नयाँ घरहरु बनाएको देखिएको हो ।
सो क्षेत्र सन् २०१७ मा चीन र भारतीय सेना आमने सामने भएको क्षेत्र दोक्लामनजिक पर्छ ।
भुटानी भूमिमा नयाँ बस्ती निर्माणले भारत चिन्तित बनेको भन्दै उसले बषौंदेखि आफ्नो परराष्ट्र सम्बन्ध नीति समीक्षा गर्न दिएको सुझाव गम्भीरतापूर्वक नलिएको आरोप भारतीय सञ्चार माध्यमहरुले लगाएका छन् । भारतले भुटानी सेनालाई बारम्बार तालिम दिँदै आएको छ ।
ती गाउँ सन् २०२० को मेदेखि सन् २०२१ को नोभम्बरसम्म निर्माण गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution