बागलुङमा जिपको ठक्करबाट ८ वर्षीय बालककाे मृत्यु, ६ घाइते

पाेखरा न्यूज ।  बागलुङमा जिपकाे ठक्करबाट एक जना बालककाे मृत्यु भएकाे छ भने अन्य ६ जना घाइते भएका छन् ।

शुक्रबार दिउसाे अन्दाजी १२:०० बजे बागलुङ ढोरपाटन -१ स्थित नेपाल बैक चोकमा पार्किङ गरेर राखेको जिप चलाउदा मोटरसाइकल, स्कुटर सहित सात जनालाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार  ढोरपाटन १ का  २७ वर्षीय मन बहादुर मल्लले चलाएको  ग २ च ५९८१ न.को जिपले पार्किङ गरी राखिएको लु ३२ प ४८१२, बा ५९ प ९६२०, ध २ प ३९८८ न.को माेटरसाइकल तथा  स्कुटरसहित  ७ जना मानिसहरूलाई ठक्कर दिँदा साे घटना भएकाे हाे ।

दुर्घटनामा  बागलुङकाे तमानखोला गाउँपालिका-२ भैरबुङ बस्ने ८ वर्षीय जोन श्रिपालीको मृत्यु भएको छ  । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button