पोखरा, तनहुँ र स्याङजाका सहित २२ एसपीको सरुवा, को कहाँ ?

पोखरा न्यूज । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका एक प्रहरी उपरीक्षक, तनहुँ र स्याङजा जिल्लाका प्रहरी प्रमुखसहित नेपाल प्रहरीका २२ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा भएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले यी सँगै  केही जिल्लाका प्रहरी प्रमुखसहित २२ जनाको सरुवा गर्नुभएको हो  ।

प्रदेश प्रहरी कार्यालय पोखराका एसपी राजीव बाबु बस्नेतको जिल्ला प्रहरी कार्यालय स्याङजामा, स्याङजा प्रहरी प्रमुख एसपी होबिन्द्र बोगटीको कानून शाखा नक्सालमा तथा तनहुँका प्रहरी प्रमुख एसपी दिनेश राज रेग्मीको  महानगरीय प्रहरी परिसर काठमाण्डौमा सरुवा भएको छ ।

तनहुँमा सुदूरपश्चिम शसस्त्र प्रहरी गण मुख्यालयका एसपी राजेन्द्रबाबु रेग्मी आउने हुनुभएको छ  । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको सरुवा सूची अनुसार  अनुराग कुमार द्विवेदी मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट सुप  सशस्त्र प्रहरी गण मुख्यालय सरुवा हुनुभएको छ  ।

त्यस्तै अविनारायण काफ्ले अख्तियार केन्द्रीय कार्यालय टंगालबाट जिल्ला प्रहरी कार्यालय सप्तरी सरुवा हुनुभएको छ  । दिनेशराज मैनाली महानगरीय प्रहरी परिसर काठमाडौं, कृष्ण प्रसाई जिल्ला प्रहरी कार्यालय सर्लाही, बसन्त रौजरे जिल्ला प्रहरी कार्यालय धनुषा, रामप्रकाश शाहलाई जिल्ला प्रहरी कार्यालय नुवाकोट सरुवा गरिएको छ  ।

सोमेन्द्रसिंह राठोर यूएन जगेडा, रमेशकुमार बस्नेत पर्सा, राकेश सिंह जिल्ला प्रहरी कार्यालय धनुषा र सुरेन्द्रबहादुर गुरुङ्ग मकवानपुर सरुवा हुनुभएको छ  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button