नेपाल हङकङसँग पराजित 

पाेखरा न्यूज । आइसीसी महिला टी-२० विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको छ ।  नेपालले प्रस्तुत गरेको १०५ रनको लक्ष्य पछ्याएको हङकङले १८ ओभरमा मात्र ४ विकेट गुमाएर पूरा गर्यो ।

हङकङको जितमा मारिको हिलले सर्वाधिक ४२ रन बनाउनु भयाे । त्यस्तै, क्यारी चन १७ र नताशा मिलेसले १६ रन जोड्नुभयाे । नेपालकी कविता कुँवर, सीता रानामगर र सबनम राईले समान एक विकेट लिनुभयाे ।

यसअघि दुवईको आईसीसी क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १०४ रन बनाएको थियो । नेपालका लागि सीता राना मगरले ४० रन बनाउनु भएकाे थियाे । यस्तै, इन्दु बर्माले ३१ जोड्नुभएकाे थियाे । हङकङका लागि क्यारी चन र बेट्टी चनले समान एक एक विकेट हात पार्नुभयाे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button