मुस्ताङमा जिप दुर्घटना हुँदा ५ जना घाइते

पाेखरा न्यूज । मुस्ताङमा साेमबार बिहान भएकाे जिप दुर्घटनामा चालकसहित ५ जना घाइते भएका छन् । बिहान अन्दाजी सवा पाँच बजेको समयमा मुस्ताङकाे थासाङ गाँउपालिका-१ टुकुचे नजिकै भन्सिङस्थित बेनी जोमसोम सडकखण्डमा जोमसोमबाट बेनीतर्फ जादै गरेको ग १ ज ७७०३ नं.को जिप दुर्घटना भएकाे हाे ।

दुर्घटनामा जिप सडकदेखि अन्दाजी २० मिटर तल खसेकाे प्रहरीले जनाएकाे छ । दुर्घटना हुँदा चालक सहित ५ जना घाइते भएका छन् । घाइते मध्ये २ जना श्री शैनिक उच्च शिखर शिक्षालय कैसाङ मुस्ताङमा कार्यरत रहेकाे बताइएकाे छ ।  घाइते सबैलाई नेपाली सेनाकाे प्लेनद्वारा काठमाण्डौ स्थित आर्मी अस्पताल, छाउनी पठाइएको प्रहरीले जानकारी दिएकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button