क्रिकेटर सन्दीप लामिछाने अष्ट्रेलिया प्रस्थान

पाेखरा न्यूज । आसन्न टी-२० बिग बास लिग (बीबीएल)  क्रिकेट प्रतियोगिता खेल्न  नेपाल राष्ट्रिय क्रिकेट टोलीका सदस्य  सन्दिप लामिछाने आज अष्ट्रेलिया प्रस्थान गर्नुभएकाे छ । सन्दीपले बुधबार सामाजिक संजालमार्फत अष्ट्रेलिया प्रस्थान गरेको जानकारी गराउनु भएकाे हाे ।

बीबीएल क्लब होबर्ट हुरिकेन्समा अनुबन्धित सन्दीप लगातार दोस्रो सिजन खेल्न त्यसतर्फ प्रस्थान गर्नुभएकाे हाे । ५ डिसेम्बरबाट सुरू हुने लिगमा होबर्ट हुरिकेन्सले पहिलो खेल सिड्नी सिक्सर्ससँग रहेको छ । लिगमा आठ टिमको सहभागिता रहेको छ ।

सन्दीपले बीबीएल लिगमा कुल १९ खेल खेल्दा ३४ विकेट लिनुभएकाे छ । सन्दीप बीबीएल लिग क्रिकेट खेल्ने पहिलो  नेपाली खेलाडी हुनुहुन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button