पर्वत एमाले बुद्धिजीवी परिषद्का अध्यक्ष रिजाल नेकपा एसमा प्रवेश

पोखरा न्यूज । नेकपा एमाले बुद्धिजीवी परिषद् पर्वतका अध्यक्ष विष्णु रिजाल नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्नुभएको छ ।

बिहीबार पर्वतमा शुरु भएको जिल्ला कमिटीको दोस्रो पूर्ण बैठकको भेलामा रिजाल नेकपा एसमा प्रवेश गर्नुभएको हो ।

उहाँलाई नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेश इन्चार्ज केशवलाई श्रेष्ठले खादा तथा फूल माला लगाएर स्वागत गर्नुभयो ।

पार्टी प्रवेश गर्दै रिजालले आफ्नो विवेकलाई बन्दी बनाएर प्रतिगामी केपी ओलीको गुटको पछि लाग्न सम्भव नभएका कारण समाजवादको यात्रा तय गरेको सच्चा कम्युनिष्ट पार्टी नेकपा एस रोजेको बताउनुभयो ।

‘ओलीको नेतृत्वमा भएको प्रतिगामी कदमपछि एमाले कम्युनिष्ट रहेन’, उहाँले भन्नुभयो, ‘लामो समय देखि कम्युनिष्ट विचारधारा शिरोपर गरेर हिँडेकोले कम्युनिष्ट नै नभएको ओलीको गुट कोपछि लाग्न सम्भव भएन ।’

उहाँले स्वच्छ कम्युनिष्ट विचारधारा बोकेका आम जनता, नेता, कार्यकर्ता तथा बुद्धिजीवीहरू एमालेमा बस्न सक्ने अवस्था नहुने बताउँदै केही दिनमा नै नेकपा एस प्रवेश गर्नेको लर्को लाग्ने बताउनुभयो ।

नेकपा एस पर्वत जिल्ला संयोजक मोती पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा रिजालसहित भैरव बहादुर केसी, विधान पौडेल, राम प्रसाद शर्मालगायत आठ जना जिल्ला कमिटीमा मनोनीत हुनुभएको छ । कार्यक्रममा  प्रदेश अध्यक्ष  रामजी शर्मा, सचिव प्रतापलाल श्रेष्ठलगायतका नेताहरुको उपस्थिति रहेको थियो  ।

बैठकले विद्यार्थी फाट इन्चार्जमा सन्तोष न्यौपाने, सह इन्चार्जमा विकाश रेग्मी तथा सूचना प्रविधि विभागमा गणेश पौडेललाई चयन गरेको छ । बैठकले  काठमाण्डौ पर्वत सम्पर्क कमिटीको ११ गते हुने भेलालाई सफल पार्न  कार्य विभाजन समेत गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button