नेपालमा हिन्दु राज्य र संवैधानिक राजतन्त्र ल्याउन गुप्त रुपमा अभियान चलिरहेको छ : भारतीय कम्युनिष्ट नेता सिंह

पाेखरा न्यूज । भारतीय कम्युनिष्ट पार्टीका नेता जोगिन्दर सिंहले नेपालमा हिन्दु राज्य र संवैधानिक राजतन्त्र ल्याउन गुप्त रूपले अभियान चलिरहको बताउनु भएकाे छ । एमालेको १०औँ महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै सावधान रहन सबैलाई आग्रह गर्नुभएकाे छ ।

यस्तै, उहाँले भारतको संविधान र लोकतन्त्र पनि खतरामा रहेको बताउनु भएकाे छ । भारतमा पुलिसराज बनाउन खोजिएको र सरकारविरूद्ध बोल्नेलाई मुद्दा लाएर थुन्ने, धर्मको नाममा विभाजन गराउने काम भइरहेको बताउनु भयाे । उहाँले भन्नुभयाे, ‘नेपाललाई सन् २०२५ सम्म हिन्दु राष्ट्र बनाउने भारतीय जनता पार्टी (भाजपा) को अभियान छ । भाजपा फाँसीवादतर्फ तिव्र रूपमा अगाडि बढिरहेको छ।’

उहाँले भारतमा हुने घटनाले भारत मात्रै प्रभावित नभइ नेपालसहित दक्षिण एसिया नै प्रभावित भइरहेको पनि बताउनु भयाे । उहाँले भन्नुभयाे, ‘आरएसएसबाट नेपालमा विभिन्न फण्ड चलिरहेको छ । दर्जनौं फण्ड चलेको छ । हिन्दु धर्म र संवैधानिक राजतन्त्र ल्याउन गुप्त रूपले अभियान नै चलिरहेको छ । सावधान रहनुस् ।’ दुनियाँले नेपालको कम्युनिस्ट आन्दोलनलाई हेरिरहेको र नेपालमा पहिलो पटक कम्युनिष्टलाई दुई तिहाइ मत आएकोमा उहाँले खुसी व्यक्त गर्नुभयाे। उहाँले नेपालको कम्युनिस्ट आन्दोलनबाट प्रेरणा मिल्ने गरेको पनि बताउनु भयाे ।

सो अवसरमा उहाँले अमेरिकी साम्राज्यवाद साउथ एसियामा कम्युनिष्ट समाप्त पार्न चाहने र यसका लागि भारतसमेत उपयोग भएको बताउनु भयाे । उहाँले भन्नुभयाे, ‘महाधिवेशनबाट मजबुत नेतृत्व आओस् । कम्युनिष्ट आन्दोलन एकजुट होस् । कम्युनिष्ट एकता होस् ।’

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button