जीप दुर्घटना हुँदा वडा सदस्यसहित ४ को मृत्यु, ३ घाइतेको मणिपालमा उपचार हुँदै

पोखरा न्यूज ।  जीप दुर्घटना हुँदा म्याग्दीका एक जनप्रतिनिधिसहित चार जनाको मृत्यु भएको छ ।

म्याग्दीको सदरमुकाम बेनीबाट रघुगंगा गाउँपालिका-१ बेग गाउँ जाँदै गरेको निलगिरी यातायात प्रालिको ग १ ज ७२५१ नम्बरको जीप सोमबार साँझ दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी रघुगंगा गाउँपालिका-१ बेगकी निर्वाचित वडा सदस्य गौमाया विक, जीप चालक दुतबहादुर थापा, खिमु पुन र खिमानन्द शर्माको ज्यान गएको प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले पुष्टि गर्नुभयो ।

दुर्घटनामा बलबहादुर विक, मनोज पुन, भीम फगामी र ज्ञानबहादुर शेरपुञ्जा घाइते हुनुभएको छ । उहाँहररूलाई थप उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल ल्याइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button