जब मन्त्री प्रेम आले नै माइक्रोबसमा कोचिएर यात्रा गरे (फाेटाे फिचर) 

पाेखरा न्यूज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले यात्रुवाहक माइक्रोबसमा कोचिएर यात्रा गर्नुभएकाे छ । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा यात्रुवाहक बस सेवा शुभारम्भ कार्यक्रममा उहाँ अरु यात्रुसँगै यात्रा गर्नुभएकाे हाे ।

रिवन काटेर सेवाको उद्घाटना गर्नुभएका मन्त्री प्रेम आले यात्रुले भरिएको माइक्रो बसमा कोचिएर बसेर विमानस्थलको गोल्डेन गेटसम्मको यात्रा गर्नुभएकाे हाे । विमानस्थलको आन्तरिक हवाइ सेवाका यात्रुलाई विमानस्थलबाट निःशुल्क बस सेवा सुरु गरिएको हो ।

विमानस्थलभित्र ट्याक्सीले चर्को शुल्क असुलेर यात्रुलाई दुःख दिएपछि नागरिक उड्ययन प्राधिकरणले निःशुल्क बस सेवा सञ्चालन गरेको हो ।

निशुल्क बस सेवासँगै विमानस्थलमा यात्रुको विश्रामस्थलको पनि व्यवस्था गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button