बाग्लुङमा जिप दुर्घटना हुँदा १ जनाकाे मृत्यु र ३ जना घाइते

पाेखरा न्यूज । बुधबार बिहान बाग्लुङमा जिप दुर्घटना हुँदा जिपमा सवार १ जनाकाे मृत्यु र ३ जना घाइते भएका छन् ।  बिहान अन्दाजी ०५:०० बजेको समयमा बागलुङकाे काठेखोला गाउँपालिका-१ खहरेस्थित मध्य पहाडी लोकमार्गमा बिहुँबाट बाग्लुङतर्फ जादै गरेको बा १८ च ५६७७ नं.को पिकअप जिप आफै अनियन्त्रित भई सडकदेखि अन्दाजी ८ मिटर तल खस्दा दुर्घटना भएकाे थियाे ।

दुर्घटनामा बागलुङ नगरपालिका-७ सिम बस्ने  ४५ वर्षीय श्याम शर्माकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । घाईतेहरुलाई उपचारको लागि धौलागिरी अस्पताल बागलुङ पठाइएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button