फोर नेसन्स महिला फुटबल प्रतियाेगिता स्थगित

पाेखरा न्यूज । भारतले आयोजना गर्ने ‘फोर नेसन्स फुटबल प्रतियोगिता’ स्थगित भएको छ ।  चार देशको सहभागीता रहने प्रतियोगिता २३ मंसिरबाट ६ पुससम्म चल्ने तालिका थियो । तर, विश्वभर पुनः सुरु भएको तेस्रो चरणको कोरोनासँगै प्रतियोगिता स्थागित भएको हो ।

प्रतियोगितामा नेपालसहित आयोजक भारत र थाइल्यान्डको सहभागिता टुंगो लागिसकेको थियो । एक अफ्रिकी देशमा खेल गर्ने तय हुने निश्चित भैसक्दा कोरोनाको कारण प्रतियोगिता स्थगित भएको हो ।

प्रतियोगिताको लागि एन्फाले महिला टोलीको प्रशिक्षकमा चेतन घिमिरेलाई  जिम्मेवारी दिएको थियो । प्रशिक्षक चेतनले २६ खेलाडी समेटेर सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा टोलीलाई दैनिक प्रशिक्षण गराइरहेका थिए । ‘कोरोनाका कारण प्रतियोगिता स्थगित भएको छ,’ एन्फा उच्च स्रोतले भन्यो । यससँगै एन्फाले महिला खेलाडीलाई रिलिज दिने तयारी गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button