गण्डकी प्रज्ञा प्रतिष्ठानकाे बढ्दाे सक्रियता

पौष महिनामा ६ वटा कार्यक्रम तय

पाेखरा  । गण्डकी प्रज्ञा प्रतिष्ठान आफ्नो सक्रियता बढाउदै गएको छ । साहित्यका सबै विधालाई एकसाथ अगाडि बढाउन खोजेको प्रतिष्ठानले धमाधम कार्यक्रमको आयोजना गरेर आफ्नो सक्रियता बढाउदै गएको हो । फलस्वरुप आगामी पुष महिनाको लागि मात्र ६ वटा कार्यक्रम तय भैसकेको गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

‘हामीले निरन्तर कार्यक्रम गरिरहेका छौं, केही महत्वपूर्ण कार्यक्रम पौष महिनामा गर्दैछौं, नाटक लेखन कार्यशाला, नेवार समुदायको कुमारी र धिमे नृत्यको कार्यशाला, स्थापित जातीको भाषाको कार्यशाला, पञ्चेबाजा प्रशिक्षण, कवि गोष्ठी कार्यक्रम पौष महिनामा आयोजना गर्दैछौं’ सदस्य सचिव श्रेष्ठले भन्नुभयो । पौष महिनामानै मुख्यमन्त्रीसँग बाल साहित्य कार्यक्रम दोस्रो श्रृखला आयोजना गरिनेछ । जुन कार्यक्रम पौष २३ गते हुने सदस्य सचिव श्रेष्ठले बताउनुभयो ।

नाटक लेखन कार्यशाला पौष १ गतेबाट पोखरामा आयोजना हुनेछ । ११ गतेसम्म निरन्तर बिहान १० बजेदेखि साँझ ५ बजेसम्म कार्यशाला सञ्चालन गरिनेछ । ११ दिनसम्म पुरा समय दिन सक्ने व्यक्तिलाई मात्र कार्यशालामा सहभागी गराउने आयोजकको तयारी छ । कार्यशालामा सहभागी हुनका लागि नाटकको नमुना पठाउनु पर्नेछ । सहभागी हुन इच्छुकले एक हजार शब्दमा नबढाई नमुना नाटक लेखेर मंसिर २३ गते बेलुका ५ बजेसम्म पठाइसक्नुपर्ने आयोजकको भनाई छ ।

आवेदनमा परेका नाटकहरुमध्येबाट बढीमा ८ जना आवेदकलाई उत्कृष्टताको आधारमा छनोट गरी कार्यशालामा सहभागी गराउने तयारी गरिएको यो कार्यक्रमका संयोजक प्राज्ञ सुरेन्द्र गुरुङले जानकारी दिनुभयो । यो कार्यक्रमको अर्को आयोजक पोखरा प्रज्ञा प्रतिष्ठान हो । पोखरा थिएटरको गन्धर्व नाटकघरमा आयोजना हुने कार्यशालामा पोखरा थिएटरले सहकार्य गरेको छ । कार्यशालाको सहजीकरण लेखक, निर्देशक तथा कलाकार खगेन्द्र लामिछानेले गर्नुहुनेछ । यस अगाडि गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा नाटक निर्देशन कार्यशाला समेत सम्पन्न गरेको थियो ।

यसैगरी पौष ४ गतेबाट ८ गतेसम्म स्याङजा जिल्लाको वालिङमा नेवार समुदायको कुमारी र धिमे नृत्यको कार्यशाला गरिनेछ । गण्डकी प्रज्ञा प्रतिष्ठानले सप्तक संगीत सांस्कृतिक केन्द्रसँगको सहकार्यमा यो कार्यक्रम आयोजना गर्न लागेको हो । यो कार्यशालामा २५ जनालाई सहभागी गराउने तयारी गरिएको कार्यक्रम संयोजक प्राज्ञ गमबहादुर गुरुङले जानकारी दिनुभयो ।

स्थापित जाती विस्तापित भाषाको २ महिने कार्यशाला पौष १० गतेबाट हुनेछ । यो कार्यशाला गण्डकी प्रदेशका माग भएका जिल्लामा गरिनेछ ।

‘गण्डकी प्रदेश अन्र्तगतका ८४ जाति मध्ये सिरियल नम्बर १ देखि २० सम्मका २० जातिको अध्ययन गर्नेछौं । प्रत्येक जातिको ३ वटा संस्कृति तथा प्रत्येक जातीको ५ वटा बाजाको अध्ययन गरेर ती जाति संस्कृति र बाजाको बारेमा पुस्तक नै तयार पार्नेछौं’ सदस्य सचिव श्रेष्ठले बताउनुभयो । यो अध्ययनलाई आधार बनाएर विद्यालय अन्र्तगतको पाठ्यक्रम तयार गर्ने र आउने नयाँ शैक्षिक सत्रबाट ऐच्छिक विषयको रुपमा विद्यालयमा लैजाने प्रतिष्ठानको तयारी हो ।

यसैगरी पौष महिनामानै पञ्चेबाजा प्रशिक्षण कार्यक्रम गर्ने तय भएको छ । तीन महिना सम्म चल्ने यो कार्यक्रम जिआइटीसँग मिलेर गर्न लागिएको हो । सहभागीले सिटिभिटिको प्रमाणपत्र र एकथान पञ्चेबाजा पाउनेछन् । एउटा समुहमा ५ जना रहनेछन् ।

पौष महिनाको दोस्रो हप्ता म्याग्दिमा कवि गोष्ठीको आयोजना हुनेछ । गोष्ठिमा सहभागी कविले आफ्नो रचना सुनाउनेछन् भने कार्यपत्र समेत प्रस्तुत गरिनेछ ।

गण्डकी प्रज्ञा प्रतिष्ठानले साहित्यका सबै विधालाई महत्वका साथ स्थान दिँदै यिनको संरक्षण तथा प्रवद्र्धन गर्न प्रतिष्ठान सधैं क्रियाशील बन्ने कुलपति सुर्य खड्का विखर्चीले बताउनुभयो । ‘गण्डकी प्रदेशका भाषा, साहित्य, लोक साहित्य, संस्कृति, ललितकला, नाट्यकला, संगीतको अध्ययन अनुसन्धान र सम्वद्र्धनका लागि निरन्तर कार्य गर्नेछौं’ कुलपति विखर्चीले भन्नुभयो ।

यहीं मंसिर २९ गते प्राज्ञ सभा बैठक बस्ने र बैठकबाट आयोजना गरिसकेको कार्यक्रमको समिक्षा तथा अब आयोजना हुने कार्यक्रमलाई थप प्रभावकारी बनाउन केही निर्णय गरिने उपकुलपति गोरे गुरुङले जानकारी दिनुभयो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button