पोखरामा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु

पोखरा न्यूज । पोखरामा मालवाहक ट्रक दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

पोखरा महानगरपालिका -२६ विजयपुर स्थित सडक खण्डमा पृथ्वीचोक तर्फ आउँदै गरेको लु२ख २९४८ नम्बरको फलामे छड बोकेको ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा लमजुङ पाँच्रे बस्ने वर्ष ४२ वर्षीय भीम बहादुर तामाङ र अर्का पहिचान नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष रहेको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुन्दर तिवारीले जानकारी दिनुभयो ।

आज बिहान करिब ४:३० बजे भएको दुर्घटनामा परेका दुई जनालाई उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएकोमा चिकित्सकले करिब ६ बजेको समयमा मृत घोषणा गरेको डिएसपी तिवारीले उल्लेख गर्नुभयो ।

ट्रक अनियन्त्रित भई नालीमा पल्टिएको अवस्थामा रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button