रामचन्द्र पौडेलले औँल्याए कांग्रेसका पाँच कमजोरी 

पाेखरा न्यूज । सभापतिको दौडबाट पछि हट्नुभएका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसभित्र कमजोरीहरु औँल्याउँदै औपचारिक रुपमा सक्रिय राजनीतिबाट बिदा माग्नुभएकाे छ ।

आफ्नै समूहभित्रका प्रत्यासीहरुलाई मिलाउन नसकेपछि आफू सभापतिको दौडबाट बाहिरिनु भएका पौडेलले राष्ट्रिय राजनीतिमा आफू  भूमिकामा रहने बताउँदै पार्टी र राष्ट्रमा देखिएका विकृति र गलत प्रवृत्तिविरुद्ध संघर्ष गरिरहने प्रतिबद्धता जनाउनु भयाे ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

जारी गरेको विज्ञप्तिमा कांग्रेसका गल्तीलाई यसरी औँल्याउनु भएकाे छ ।

१. मैले बुझ्दै आएको कांग्रेसमा विचलन आएको छ ।

२. पार्टी सत्ताको भर्‍याङमा सीमित भयो ।

३. संस्थापक नेताहरुको आदर्श र मूल्यलाई निरर्थक बनाइयो ।

४. संसदीय विचलनबाट हात लागेको सत्ता अवसरमा पार्टी रमाइरहेको छ ।

५. १४औँ महाधिवेशनसम्म आइपुग्दा अनेक प्रपञ्च भोगेको छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button