जन्ती बाेकेकाे बस दुर्घटना हुँदा एकको मृत्यु, ८ गम्भीर घाइते

पोखरा न्यूज ।  विवाहकाे बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-४, बिञ्जेलमा जन्ती बाेकेकाे बा २ ख ५६१४ नम्बरको बस शनिबार राति दुर्घटना हुँदा चालक बलेफी-६ बदर्पाका राजु तामाङको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

दुर्घटनामा आठ जना गम्भीर घाइते भएका छन् । अन्य सामान्य घाइते भएका छन् । घाइतेलाई उपचारको लागि सिन्धु सदावहार अस्पताल खाडिचौर र धुलिखेल अस्पताल लगिएकाे छ ।

बसमा ३० जना सवार रहेको अनुमान गरिएको छ । घाइतको सनाखत हुन बाँकी छ ।

बलेफी-५ का स्थानीय सन्तोष भुजेलको बिवाहकाे जन्ती लिएर काभ्रेकाे भुम्लु जान लागेकाे बस राति ९ बजे दुर्घटनामा परेकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button