आँधीपछि केन्टुकीमा आपतकाल घोषणा : १०० बढीको मृत्यु, दर्जनौं वेपत्ता

एजेन्सी / न्युयोर्क । अमेरिकाको केन्टुकीमा आएको शक्तिशाली आँधीमा कम्तिमा एक सय जनाको मृत्यु भएको छ ।

आँधीमा दर्जनौं हराइरहेका छन् । आँधीबाट अहिलेसम्म दर्जनौंको उद्दार गरिएको छ  ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

आँधीका कारण केन्टुकीका दशौं हजार मानिसको घरमा विद्युत र पानीको आपूर्ति बन्द भएको छ । आँधीबाट मिसोउरी, अर्कान्सस, इलिनोइस, टेनेसा, मिसीसिपीलगायतका राज्य प्रभावित भएका छन् । केन्टुकीमा आपतकाल घोषणा गरिएको छ ।

आँधीका कारण इलिनोस राज्यस्थित अमेजन कम्पनीको भवन भत्किएको छ । आँधीले दर्जनौ भवनमा क्षति पु–याएको छ । रुख तथा पोल ढल्दा सडक अबरुद्ध भएका छन् ।

राष्ट्रपति जो बाइडेनले आँधीले ठूलो जनधनको क्षति गरेको भन्दै धैर्य रहन सबैलाई आग्रह गरेका छन् ।

केन्टुकीको आँधी इतिहासमै ठूलो भएको बाइडेनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button