प्रकाशमान सिंह र आरजु देउवाबीच जम्काभेट, आफैंलाई मागे भोट

पाेखरा न्यूज । नेपाली कांग्रेसको १४औं महाधिवेशनस्थल भृकुटीमण्डपमा अहिले उम्मेदवारले केन्द्रीय प्रतिनिधिसँग भोट माग्ने क्रम जारी छ । उम्मेदवार मनोनयन दर्ताको समय डेढ घन्टा थप गरिएकाले उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुन अझै केही समय कुर्नुपर्ने भएको छ ।

यसैक्रममा कांग्रेस सभापतिका उम्मेदवार प्रकाशमान सिंह र प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाले एकले अर्कोसँग मत माग्नुभएकाे छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

महाधिवेशनस्थलमा प्रतिनिधिसँग भोट माग्दै जाने क्रममा सिंह र देउवाबीच जम्काभेट भएको हो । दुवै उम्मेदवार हुनुहुन्छ । सिंह सभापतिका प्रत्यासी र आरजु केन्द्रीय सदस्यकी उम्मेदवार हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button