‘चपली हाइट ३’ कलेज फिल्मः महेश त्रिपाठी

पाेखरा न्यूज । नियमित फिल्म हेर्ने दर्शकहूका लागि महेश त्रिपाठी परिचित अनुहार  होइन । उहाँले नेपाली तथा विदेशी हजारौ सर्ट फिल्मबाट अभिनयमा आफूलाई अब्बल देखाउनु भएकाे छ । नेपाली चलचित्र क्षेत्रका ठुला चलचित्रहरुमा उहाँ देखा पर्दै हुनुहुन्छ ।

लामो समयदेखि अस्कार इन्टरनेशनल कलेजमा शिक्षकको रुपमा कार्यरत उहाँको नयाँ फिल्म ‘चपली हाइट ३’ आगामी पुष २ गतेबाट प्रदर्शनमा आउँदैछ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

पछिल्लो सयम अभिनय पढेर आएका व्यक्तिहरुले फरक धारको फिल्मप्रति  रुचि देखाउने गरेको पाइन्छ । महेश पनि अभिनय पढेर आउनु भएकाे हाे।  उहाँका समकालीन कलाकारहरु फरक धारको फिल्मका लागि दौडिरहनु भएकाे छ । तर उहाँ फिल्मलाई आफूले मेनस्ट्रिम वा फरक धार भनेर हेर्ने नगरेको बताउनु हुन्छ । कलाकार भएपछि काम गर्ने स्पेश छ कि छैन भन्ने कुराले अर्थ राख्ने उहाँको भनाइ छ ।

महेश भन्नुहुन्छ, ‘मैले फिल्मलाई मेनस्ट्रिम वा फरक धार भनेर हेर्दिनँ । एउटा कलाकारको ?पमा फिल्ममा काम गर्ने स्पेश छ कि छैन, त्यो क्यारेक्टरलाई मैले न्याय गर्न सक्छु कि सक्दिन म त्यो पात्रमा अभियन गर्दा पात्र प्रति न्याय हुन्छ की हुदै  भनेर सोच्ने गर्छु । म एक्स्ट्रा अडिनरीको पछाडि लाग्ने भन्दा पनि इमान्दार भएर काम गर्छु । इमान्दार भएर काम गर्ने स्पेश जहाँ पाउँछु म गर्छु । मैले ‘चपली हाइट ३’ सँग जोडिनुको कारण यो पनि थियो ।’

चपलीहाइटमा अहिले चलेकी नायिका स्वस्तीमा खड्कासगँ काम गर्दा कतिको अप्ठेरो लाग्यो भन्ने प्रश्नमा महेश भन्नुहुन्छ “चलेका कलाकारसँग काम गर्दा आफू ओझेल परिन्छ भनेर कहिल्यै आफुले साेचिन”। स्थापित कलाकारसँग काम गरेर के सिकियो त्यो महत्त्वपूर्ण कुरा रहेको उहाँको भनाइ छ । ‘चपली हाइट ३’ लाई आफूले कलेज फिल्मको रुपमा लिएको बताउँदै उहाँले भन्नुभयाे ‘म हरेक प्रोजेक्टबाट नयाँ कुरा सिक्छु । सिक्न पाउनु मेरो लागि ठूलो उपलब्धी हो । त्यसैले म नयाँ प्रोजेक्ट गर्न रुचाउँछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button