
पाेखरा न्यूज । दक्षिण अफ्रिकाका राष्ट्रपति साइरिल रामाफोसालाइ कोभिड भएको छ । आइतबार परीक्षणपछिको रिपोर्टमा कोभिड पोजेटिभ दिएको राष्ट्रपतिको कार्यलयले जनाएको छ । राष्ट्रपतिलाई सामान्य लक्षण देखिएको जनाइएको छ । उहाँ आईतबार राजधानी केपटाउनस्थित एउटा कार्यक्रममा सहभागी हुनुभएकाे थियाे ।
दक्षिण अफ्रिकामा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै संक्रमणदर पनि तीव्र दरमा बढेको छ । तर, राष्ट्रपतिलाई ओमिक्रोन देखिए नदेखिएको भन्ने बारेमा केही प्रष्ट पारिएको छैन् ।





