
पाेखरा न्यूज । नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि मतदान सुरु भएको छ । साढे तीन घन्टा ढिलो गरी सुरु भएको मतदानमा आफ्नो मत हाल्न प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा महाधिवेशनस्थल पुग्नु भएकाे छ ।
केही समयअघि उहाँ बालुवाटारबाट राष्ट्रिय सभा गृह पुग्नुभएकाे हाे । सुदूरपश्चिम प्रदेशको मतदान केन्द्रको बुथ राष्ट्रिय सभामा भएकाले देउवाले त्यहीँबाट मतदान गर्नुहुनेछ। देउवा सभापतिका प्रत्यासीसमेत हुनुहुन्छ ।
नेता कुलबहादुर गुरुङले पहिलो मतदान गर्नुभएकाे छ ।





