
पाेखरा न्यूज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एन्टिजेन परीक्षण गर्नुभएकाे छ ।
सोमबार बिहान संसद भवन नयाँ बानेश्वर पुगी उहाँले कोभिडका लागि एन्टिजेन विधिमार्फत परीक्षण गर्नुभएकाे हाे ।
प्रतिनिधिसभा बैठक मंगलबारका लागि आह्वान गरिएको छ । संसद् सचिवालयले प्रतिनिधिसभा सदस्यहरूका लागि एन्टिजेन विधिमार्फत कोभिड परीक्षणकाे व्यवस्था गरेकाे हाे ।





