कांग्रेस महाधिवेशन : दुई हजार मत खस्यो 

पाेखरा न्यूज । नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा सोमबार नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान भइरहेको छ । सोमबार अपरान्ह साढे ४ बजेसम्म दुई हजार मत खसेको कांग्रेस निर्वाचन समिति प्रवक्ता जगन्नाथ श्रेष्ठले जानकारी दिनुभयाे ।

मतपत्र सकिएर केहीबेर राष्ट्रिय सभामा रोकिएको मतदान फेरि सुरू भइसकेको श्रेष्ठले बताउनु भयाे ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

१३ पदाधिकारीसहित १३४ सदस्य केन्द्रीय कार्यसमिति चयनका लागि मतदान जारी छ । शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ सभापतिको दौडमा हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button