
पाेखरा न्यूज । नेपाली कांग्रेस १४औं महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना जारी छ ।
हालसम्म २ हजार ६ सय ७७ मत गणना भएको छ । जसमा सबैभन्दा बढी शेरबहादुर देउवाले १२६५ मत प्राप्त गर्नुभएकाे छ । उहाँलाई निकटतम प्रतिस्पर्धी शेखर कोइराला पछ्याइरहनु भएकाे छ । कोइरालाले ९८० र प्रकाशमान सिंहले २०४ मत पाउनु भएकाे छ । विमलेन्द्र निधिले १६५ मत पाउँदा कल्याण गुरुङले १२ मत मात्र प्राप्त गर्नुभएकाे छ
सोमबार मतदान भएकोमा रातिदेखि राष्ट्रिय सभा गृहमा सभापति पदको मतगणना भइरहेको हो ।
नयाँ नेतृत्व चयनका लागि ४ हजार ६७९ मत खसेको छ ।
कांग्रेसको विधानअनुसार सभापति निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ । खसेको मतको आधारमा पहिलो चरणमै सभापति चुनिन २३४१ मत प्राप्त गर्नुपर्नेछ ।





