शेरबहादुर देउवाले १५०६ मत पाउँदा शेखर काेइरालाकाे मत ११७८ मात्र

पाेखरा न्यूज  । नेपाली कांग्रेस १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा देखिएको छ । सभापतिका लागि पाँच जनाको प्रतिस्पर्धामा रहे पनि प्रारम्भिक मतणनामा देउवालाई कोइराला पछ्याइरहनु भएकाे हाे ।

 

निर्वाचन समितिका अनुसार हालसम्म ३ हजार १ सय ८१ मत गणना भएको छ । जसमा सबैभन्दा बढी शेरबहादुर देउवाले १५०६ मत प्राप्त गरेका छन् । कोइरालाले ११७८  मत पाएका छन् । यसैगरी, प्रकाशमान सिंहले २५४, विमलेन्द्र निधिले १७३ र कल्याण गुरुङले १५ मत मात्र प्राप्त गर्नुभएकाे छ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

सोमबार मतदान भएकोमा रातिदेखि राष्ट्रिय सभा गृहमा सभापति पदको मतगणना भइरहेको हो । नयाँ नेतृत्व चयनका लागि ४ हजार ६७९ मत खसेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button