
पाेखरा न्यूज । नेपाली कांग्रेस १४औं महाधिवेशन अन्तर्गत सभापति पदकाे ३ हजार २८२ मतगणना भएकाे छ । कुल ४ हजार ६७९ मत खसेको थियाे ।
हालसम्मकाे मतगणना अनुसार सबैभन्दा अगाडि शेरबहादुर देउवा हुनुहुन्छ। निर्वाचन समितिका अनुसार देउवाले १ हजार ५५६ मत प्राप्त गर्नुभएकाे छ । शेखर कोइरालाले १ हजार १९७ मत पाउनु भएकाे छ । यसैगरी, प्रकाशमान सिंहले २५७, विमलेन्द्र निधिले २०१ र कल्याण गुरुङले १७ मत मात्र प्राप्त गर्नुभएकाे छ ।
सोमबार मतदान भएकोमा रातिदेखि राष्ट्रिय सभा गृहमा सभापति पदको मतगणना भइरहेको हो । २३ सय ४० मत पाउने उम्मेदवार सभापतिमा निर्वाचित हुनेछन् । तर ५० प्रतिशत मत कटाउन नसकेपछि पहिलाे र दाेस्राेबीच दाेस्राे चरणमा चुनाव हुनेछ ।





