४२७८ मत गन्दा शेरबहादुर देउवाले २०४६ मत पाए, ४०१ मत गणना बाँकी

नेपाली कांग्रेस सभापतिका लागि भएकाे चुनावकाे मतगणना अन्तिम चरणमा पुगेकाे छ ।  नेपाली कांग्रेस १४औं महाधिवेशनमा सभापतिका लागि कुल ४ हजार ६७९ मत खसेकामा ४ हजार २७८ मत गणना भएको छ ।

 

निर्वाचन समितिका अनुसार शेरबहादुर देउवाले  २ हजार ४६ मत प्राप्त गर्नुभएकाे छ । शेखर कोइरालाले १ हजार ५६८ मत पाउनु भएकाे छ । यसैगरी प्रकाशमान सिंहले ३३५, विमलेन्द्र निधिले २३९ र कल्याण गुरुङले २० मत पाउनु भएकाे छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

कुल ४ हजार ७४३ महाधिवेशन प्रतिनिधि रहेकामा  ४ हजार ६७९ मत खसेको थियो । जितका लागि २३ सय ४० मत ल्याउनुपर्ने छ । ५० प्रतिशत मत नकटेमा दोस्रो चरणमा चुनाव हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button