शेरबहादुर देउवालाई सहयोग गर्ने विमलेन्द्र निधिको बचन

पाेखरा न्यूज । नेपाली कांग्रेसका सभापतिको दोस्रो चरणको मतदानमा सभापतिका प्रत्यासी विमलेन्द्र निधिले सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने बचन दिनुभएकाे छ ।

मंगलबार बिहान निधि निवास नयाँ बानेश्वर पुगेर देउवाले निधिसँग आफूलाई सहयोग गर्न आग्रह गर्नुभएकाे थियाे । जवाफ निधिले सहयोग गर्ने बचन दिएको नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले जानकारी दिनुभयाे ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

‘प्रधानमन्त्रीज्यू आज बिहान पहिले प्रकाशमान सिंहको निवास चाक्सीबारी र त्यसपछि विमिलेन्द्र निधि निवास पुग्नुभयो । सिंहले लिखित प्रतिबद्धता नै जनाउनु भएको छ । निधिले निःसर्त सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो,’ सिग्देलले भन्नुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button