एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई कोरोना संक्रमण

पाेखरा न्यूज । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई कोरोना संक्रमण भएको छ । नेता ज्ञवालीले मंगलबार आफूमा संक्रमण देखिएको पुष्टि गर्नुभएकाे छ ।

कोभिड संक्रमण देखिए पनि आफूमा लक्षण सामान्य रहेको उहाँको भनाइ छ । नेता ज्ञवालीले चार पाँच दिनका बीचमा निकट सम्पर्कमा आएका सबैलाई सजग र सुरक्षित रहन पनि आग्रह गर्नुभएकाे छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

‘कोभिड संक्रमण देखिएको छ । लक्षण सामान्य छन् । विगत ४-५ दिनका बीचमा निकट सम्पर्कमा आउनु भएका सबैलाई सजग र सुरक्षित रहन एवं कुनै लक्षण देखिनासाथ परीक्षण गराउनु हुन अनुरोध छ । सम्पर्कका लागि एसएमएस या इमेल प्रयोग गरिदिनु भए आभारी हुने थिएँ,’ उहाँले सामाजिक सञ्जालमा लेख्नुभएकाे छ ।

केही दिनदेखि एमाले बैठक जारी छ । उहाँ यसअघि सम्पन्न केन्द्रीय कमिटीको बैठकमा समेत उपस्थित हुनुभएकाे थियाे । मंगलबार संसदीय दलकाे बैठक बसेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button