शेरबहादुर देउवालाई भोट माग्दै प्रकाशमान सिंह

पाेखरा न्यूज । नेपाली कांग्रेसको जारी महाधिवेशनमा सभापति पदको दोस्रो चरणको निर्वाचन भइरहेको छ ।

मंगलबार भएको निर्वाचनमा सभापति पदका कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि मंगलबार अपरान्ह सवा ३ बजेपछि दोस्रो चरणको निर्वाचन भइरहेको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

पहिलो चरणको निर्वाचनमा शेरबहादुर देउवा, शेखर कोइरालासँगै प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा हुनुहुन्थ्याे । तर, दोस्रो चरणमा भने देउवा र कोइरालामात्र हुनुहुन्छ ।

अहिले मतदान चलिरहँदा मतदानस्थलमा प्रकाशमानले शेरबहादुरलाई भोट मागिरहनु भएकाे छ । सोमबार आफूलाई सभापतिमा निर्वाचित गर्न भन्दै भोट माग्नु भएका प्रकाशमानले मंगलबार देउवालाई जिताउन भोट माग्नुभएकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button