पोखरामा ट्रकको ठक्करबाट एक जनाको मृत्यु, प्रहरी सहायक निरीक्षक घाइते

पोखरा न्यूज । पोखरामा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ ।

पोखराको चाइना पुलमा पृथ्वीचोकबाट बुद्धचोक तर्फ जादै गरेको ग१४प ५८२२ नं. को स्कुटरलाई सोही दिशाबाट जादै गरेको बा ०३/००१ ख १८१५ नं. को ट्रकले ठक्कर दिँदा  पोखरा १४ काजीपोखरी बस्ने ६० वर्षीया शान्ति माया पुनको मृत्य भएको प्रहरीले जनाएको छ ।

कास्की  प्रहरीका अनुसार  स्कुटरको पछाडि सवार पुनलाई दुर्घटना पश्चात उपचारको लागि अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

दुर्घटनामा स्कुटर चालक गुल्मी चारपाला गाँउपालिका-४ घर भई जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत ४२ वर्षीय  प्रहरी सहायक निरीक्षक डिल बहादुर सोमरे घाइते हुनुभएको छ ।

ट्रक र ट्रक चालकलाई नियण्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले उल्लेख गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button