शेरबहादुर देउवाले पाए २७३३, बदर मत ३५

पाेखरा न्यूज । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत मतगणना सकिएको छ । कुल खसेको चार हजार ६२३ मतमा सभापतिमा निर्वाचित शेरबहादुर देउवाले २७३३ मत प्राप्त गर्नुभएकाे छ ।

त्यसैगरी सभापतिमा पराजित डा. शेखर कोइरालाले १८५५ मत प्राप्त गर्नुभएकाे छ । उहाँ ८७८ मत अन्तरले पराजित हुनु भएकाे हाे । २५ मत बदर भएको मतदान अधिकृत सुनील पाण्डेले जानकारी दिनु भयाे ।

मतगणना सकिएलगत्तै गृहमन्त्री राष्ट्रिय सभागृह पुग्नुभएकाे छ । उहाँले निर्वाचन मतपरिणामबारे जानकारी लिनुका साथै अबका गणना कसरी गर्ने भन्नेबारे निर्वाचन समितिसँग परामर्श गरिरहनु भएकाे छ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button