देशभर चिसो बढ्दै: काठमाडौंको तापक्रम ४.२ डिग्रीमा झर्‍याे, अन्य ठाउँको कति?

पोखरा न्यूज । नेपालमा चिसो झन बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकासहितका सहरमा दिउँसो घाम लागे पनि बिहान र राति तापक्रम घट्ने गरेको छ ।

पछिल्लो २४ घन्टामा काठमाडौंको तापक्रम ४.२ डिग्रीसेल्सियसमा झरेको छ । त्यहाँको अधिकतम तापक्रम पनि २० डिग्री रहेको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

पोखराको तापक्रम ८ डिग्रीमा झरेको छ, यहाँ अधिकतम तापक्रम २१.९ डिग्री सेल्सियस छ ।

जुम्लाको न्यूनतम तापक्रम माइनस ४ डिग्री रहँदा अधितम तापक्रम १५.४ डिग्री मात्र छ ।

नेपालगन्जको न्यूनतम तापक्रम ९, विराटनगरको ५.९, धनगढीको  ८.३ र विराटनगरको ९.५ डिग्री रहेको छ । मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

बुधबार बिहान पहाडी क्षेत्रमा आंशिक बदली रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button