सभापतिज्यू ! अब गुटको होइन कांग्रेसको सभापति बन्नुहोस् : गगन थापा 

पाेखरा न्यूज । नेपाली कांग्रेसका नेता एवं महामन्त्रीका उम्मेदवार गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवालाई अबको ‘इनिङ’मा गुटको नभइ सिंगो पार्टीको सभापति बन्न सुझाब दिनुभएकाे छ । १४औं महाधिवेशन समापनपछि काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनु भएकाे हाे ।

कार्यक्रममा उहाँले अघिल्लो पटक सभापति हुँदा जुन व्यवहार शेरबहादुर देउवाले देखाएका थिए त्यो यसपटक सुधार हुने विश्वास लिएको पनि बताउनु भयाे । उहाँले भन्नुभयाे, ‘अघिल्लो पटक जस्तो वालुवाटार, बुढानिलकण्ठमा गुटको बैठक अब पक्कै हुँदैन होला । उहाँ हामीसँग बैठक बस्नुअघि गुटको बैठकबाट निस्कनु हुन्थ्यो ।’ अब त्यसो नभएर हामी सबैको साथ पाउने गरी उहाँले काम गर्ने उहाँले बताउनु भयाे । उहाँले भन्नुभयाे, ‘किनकी पार्टी सभापतिको गुट हुनु हुँदैन ।’ उनले कांग्रेसलाई २०६० सालको जस्तो सर्वस्वीकार्य पार्टी बनाउन अनुरोध पनि गरेका छन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

यस्तै, उहाँले आउँदै गरेको स्थानीय तह, प्रदेश र संघको निर्वाचनमा कांग्रेसलाई अझै बलियो बनाउने गरी लैजान पनि सुझाब दिनुभयाे । उहाँले भन्नुभयाे, ‘अहिले हामी कम्युष्टिहरू नमिले मात्रै जित्ने अवस्थामा छौं । अबको निर्वाचनमा कांग्रेस अरु पार्टी नमिले मात्रै जित्ने अवस्था आउनै दिनु हुँदैन । यसका लागि तत्काल १०–१५ लाख मतदाता थप्ने अभियानमा हामी लाग्नु पर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button