
पोखरा न्यूज । नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् ।
बुधबार राति केन्द्रीय कार्यालय सानेपामा सम्पन्न मतगणनामा सभापति शेरबहादुर देउवा समूहबाट खड्का र शेखर कोइरालाल समूहबाट गुरुङ निर्वाचित भएका हुन् ।
खड्काको मतअन्तर दुई सय हाराहारीमा भए पनि गुरुङले भने २ मत अन्तरले जितेका हुन् । गुरुङसँग विजय गच्छदार झिनो मतले पराजित भए । मतगणनाको बीच बीचमा गच्छदारले अग्रता पनि लिएका थिए । अन्तिम परिणाममा भने उनी थोरैले पराजित हुन पुगे ।
चन्द्र भण्डारी, सुजाता कोइराला, महेश आचार्य र दिव्यश्वरी शाह भने पराजित भए ।
दुई मतले हारेपछि निर्वाचन समिति गुहारे गच्छदारले
उपसभापतिमा दुई मतले हारेका विजयकुमार गच्छदारले निर्वाचन समिति गुहारेका छन् ।
बुधबार राति सार्वजनिक मतपरिणाम अनुसार गुरुङले १९०८ मत ल्याउँदा सभापति शेरबहादुर देउवा समूहका गच्छदारले १९०६ मत पाएका थिए ।
गच्छदारले मतपरिणाममा असहमति जनाउँदै पुनः गणनाको माग गर्दै निवेदन दिएका हुन् ।
महामन्त्रीकाे दुई सिट छ । पूर्णबहादुर खड्का पनि विजयी भएका छन् ।





