कांग्रेस महामन्त्रीमा गगन थापाको अग्रता, विश्वप्रकाश शर्माले पछ्याउँदै 

पाेखरा न्यूज । नेपाली कांग्रेसको दुई महामन्त्रीका लागि भएको निर्वाचनको सुरुवाती मतगणनामा गगनकुमार थापाले अग्रता लिनुभएकाे छ।

कांग्रेस निर्वाचन समितिका अनुसार ७० मत ल्याएर थापाले अग्रता लिइरहँदा विश्वप्रकाश शर्माले ३४ मत ल्याएर पछ्याउनु भएकाे छ ।

यसैगरी, प्रकाशशरण महतले ३१, प्रदीप पौडेलले २७, मिनेन्द्र रिजालले २१ मत ल्याउँदा राजाराम कार्कीले शून्य मत पाउनु भएकाे छ ।

केही समयअघिबाट मतगणना सुरु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button