मिनेन्द्र रिजालद्वारा मन्त्री पदबाट राजिनामा दिने घाेषणा

पाेखरा न्यूज । नेपाली कांग्रेसका नेता तथा रक्षा मन्त्री मिनेन्द्र रिजालले पदबाट राजिनामा दिने घाेषणा गर्नुभएकाे छ ।

सामाजिक संजाल मार्फत उहाँले मन्त्री पदबाट राजिनामा दिने बताउनु भएकाे हाे । पार्टीकाे महाधिवेशनमा महामन्त्री पदकाे उमेदवार बन्नु भएका उहाँ प्रारम्भिक मत परिणाममा कमजाेर देखिएपछि यस्ताे निर्णयमा पुग्नुभएकाे देखिएकाे छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

मन्त्री रिजालले ट्विटरमा यस्ताे लेख्नुभएकाे छः

नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु। अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button