युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा पर्वतमा जितेन्द्र पक्राउ

पाेखरा न्यूज ।  २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा पर्वतकाे मोदी गाउँपालिका-८ चित्रे बस्ने २१ वर्षीया जितेन्द्र नेपालीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएकाे छ ।

जितेन्द्रले ती युवतीको घरमा कोही नभएको अवस्थामा प्रवेश गरी बुधबार बिहान जबरजस्ती करणी गरेको भन्ने खबर पाएपछि जिल्ला प्रहरी कार्यालय पर्वत र प्रहरी चौकी देउपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button