
पाेखरा न्यूज । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट महामन्त्रीमा पराजय भएसँगै डा. मिनेन्द्र रिजालले रक्षामन्त्रीको पदबाट राजीनामा दिनु भएकाे छ ।
महामन्त्रीमा पराजय भएपछि रक्षामन्त्रीमा रहिरहनु नैतिक रुपमा उपयुक्त नभएको भन्दै उहाँले राजीनामा दिएको जनाउनु भएकाे छ ।
उहाँले बिहीबार नै प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामापत्र बुझाउनु भएकाे छ ।
मत गणनाको प्रारम्भिक नतिजामा आफू पछि परेसँगै उहाँले राजीनामा दिने घोषणा गर्नुभएकाे थियाे ।





